नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ माघ ।

निर्वाचन आयोगले नेकपाका दुबै पक्षका दावी नमान्ने निर्णय गरेको छ । आयागले औपचारिक रुपमा नेकपा अझै एउटै रहेको निर्णय गर्ने तयारी गरेको हो। दुबै पक्षले अलग अलग ढंगले पार्टीमा गरेको फेरबदललाई आयोगले पुनः अस्वीकार गर्ने भएको हो ।
दलको विधानलाई आधार मानिएर सोधिएका सवालमा दुबै पक्षले दिएको जबाफप्रति आयोग सन्तुष्ट हुन सकेको छैन ।
प्रधानमन्त्री केपी ओलीलाई नेकपा अध्यक्षबाट हटाइएको, माधव नेपाललाई अध्यक्ष बनाइएको, प्रचण्डको कार्यकारी अधिकार खोसिएको, विधान संशोधन, केन्द्रीय समितिविस्तारलगायतका निर्णयहरु विधानसम्मत नरहेको आयोगको निष्कर्ष छ ।
