ट्रम्पविरुद्धको महाअभियोग दुई सातापछि सर्‍यो

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा दुई सातापछि मात्र पेस हुने भएको छ। यसअघि हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले सोमबार महाअभियोग प्रस्ताव सिनेटमा पेस गर्ने बताएकी थिइन्।

माथिल्लो सदनमा रहेका डेमोक्र्याटिक र रिपब्लिकन नेताहरूबीच सम्झौता भएपछि ट्रम्पविरूद्धको प्रस्ताव फेबुअरी ८ मामात्रै प्रस्तुत हुने भएको हो। बाइडेनले आफ्नो क्याबिनेटमा नियुक्त गरेका धेरैजसो मन्त्री र अन्य अधिकारीहरू सिनेटबाट अनुमोदित हुन बाँकी छ। उनले कोरोना प्रभावितका लागि १९ खर्ब डलरको राहत प्याकेज ल्याउन लागेका छन्। उक्त प्याकेज पनि सिनेटबाट पारित हुनुपर्ने भएकाले दुवै पक्षबीच सम्झौता गरेर अघि बढ्न सहमत भएका हुन्।



गत जनवरी ६ मा संसद भवनमा आफ्ना समर्थकलाई हिंसा भड्काउन उक्साएको आरोपमा ट्रम्पविरूद्ध पेस भएको महाअभियोग प्रस्ताव तल्लो सदनबाट पारित भएर माथिल्लो सदनमा आएको छ। अमेरिकी इतिहासमा दुई पटक महाअभियोग प्रस्ताव सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन्।

सम्बन्धित समाचार