नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ माघ ।
गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । उनकी धर्मपत्नी प्राची लामाले शनिबार बिहान करिब ८ बजे सन्तानलाई जन्म दिएकी हुन् । काठमाडौंको ह्याम्स अस्पतालमा प्राचीले छोरालाई जन्म दिएको गायक थापाले बताए । उनले भने–‘आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो छ ।’
दुर्गेश र प्राचीले बिहे गरेको एक वर्ष भयो । तर, यो जोडीले बिहेको खबरलाई सार्वजनिक गरेको भने थिएन । पछिल्लो केही महिनादेखि भने दुर्गेश र प्राचीले आफूहरुको सम्बन्धलाई सामाजिक संजालबाट खुलाउने प्रयास गरेका थिए ।
दुर्गेशले केही महिना अगाडि प्राचीको जन्मदिनमा शुभकामना व्यक्त गर्दै सम्बन्धमा रहेको खुलाएका थिए । दुर्गेशले भने–‘हो, हामीले बिहेको खबरलाई खासै बाहिर ल्याएका थिएनौ । गत वर्षको दशैंमा हाम्रो बिहे भएको हो ।’