प्रचण्ड-माधव समूहले घोषणा गर्यो तेस्रो चरणको आन्दोलन, २८ गते काठमाडौंमा वृहत प्रदर्शन

नेकपा प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रमअनुसार १३ गते सिट्टी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।



यो समूहले हिजोमात्र विभाजनसँगै प्रधानमन्त्री केपी ओली नेकपातिर गएकाहरू व्यक्तिका कारण रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने निर्णय गरेको थियो । आइतबार बसेको स्थायी कमिटी बैठकले सम्बन्धित क्षेत्रका स्थायी कमिटी सदस्यहरूको परामर्शमा सचिवालयले पदपूर्ति गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार