आगामी निर्वाचनमा ५० लाख लोकप्रिय मत ल्याउँछौं: शंकर पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आगामी निर्वाचनमा केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले ५० लाख लोकप्रिय मत ल्याउने दाबी गरेका छन् ।

उनले जनतामा जाने कुरा प्रधामनन्त्रीय प्रद्धतिको अविशिष्ट अधिकार भएको दाबी गरे । दाङमा नेकपाले आयोजना गरेको सभालाई सोमबार सम्बोधन गर्दै पोखरेलले पार्टी भित्रकै एउटा समूहले सहयोग नगरेपछि जनतामा जानुको विकल्प नभएको बताए ।



‘जसको अनुहार देखाएर चुनाव जित्यो पछि उसैलाई प्रधानमन्त्रीबाट हटाउने खेल भएपछि प्रतिनिधि सभा विघटन गरेर जनतामा जाने हिम्मत प्रधानमन्त्रीले गर्नुभयो,’ पोखरेलले भने, ‘संसदीय व्यवस्था जनतामा जाने कुरा प्रधानमन्त्रीको अविशिष्ट अधिकार भनिन्छ, कार्यकारी अधिकारको प्रयोग गर्न सक्छ ।’

सम्बन्धित समाचार