नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ माघ ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका एक जना अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अमेरिकी राजदूत र्यान्डी बेरी आज बिहान कोटेश्वर पुगेका छन्। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारीअनुसार राजदूत बेरी नेता नेपाललाई भेट्न कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका हुन्।
‘उहाँहरूबीच अहिले भेटवार्ता चलिरहेको छ,’ उनले भने, ‘बिहान ९ बजे भेटवार्ता सुरु भएको हो।’ कुराकानी जारी रहेकाले विषयवस्तु खुलिनसकेको उनको भनाइ छ।
प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन चलिरहेका बेला अमेरिकी राजदूत बेरी आन्दोलनरत पक्षकै नेता भेट्न पुगेका हुन्।
