नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ माघ ।

नेकपा प्रचण्ड–नेपाल समूहका तीन नेता निर्वाचन आयोग पुगेका छन् । आयोगले छलफलका नेकपाका दुवै समूहलाई बोलाएकामा प्रचण्ड–माधव समूहका लिलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोग पुगेका हुन् ।
निर्वाचन आयोगले निर्वाचनसम्बन्धी छलफलका लागि बोलाएको भए पनि निर्वाचनका विषयमा भने छलफल नहुने पोखरेलले जानकारी दिए । दलको आधिकारिकतासम्बन्धी विवाद कायमै रहेकाले चुनावी प्रयोजनको छलफलमा आफूहरू सहभागी नहुने पोखरेलले बताए ।
उता ओली समूहबाट भने महासचिव विष्णु पौडेल, सुवास नेम्बाङसहित सातजना आयोगले बोलाएको छलफलमा सहभागी हुने भएका छन् ।
