प्रचण्ड-नेपाल समूहलाई आधिकारिक नेकपा आफूहरु हौं भन्ने भ्रम रहेछः नेम्वाङ

प्रधानमन्त्री केपी ओली नेतृत्वका नेकपाका नेता सुवास नेम्वाङले निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवादको आधिकारिकताको टुंगो लगाइसकेको बताएका छन्। निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले निर्वचान आयोगले नेकपाको आधिकारिकता समूह कुन हो भनेर टुंगो लगाइसकेको बताएका हुन्।

‘निर्वाचन आयोगले आधिकारिकताको विषयलाई टुङ्ग्याइसकेको छ, यसरबारे सबै जना प्रस्ट हुनुहोस्’, नेम्वाङ भने। उनले ओली नेतृत्वको नेकपा नै आधिकारिक नेकपा भएको बताए ।



प्रचण्ड नेपाल समूहका केही नेताहरुलाई आफूहरु आधिकारिक नेकपा रहेको भन्ने भ्रम रहेको भन्दै वास्तविकता त्यस्तो नभएको उनले बताए ।

सम्बन्धित समाचार