प्रचण्डले दिए संसद् बैठक बोलाउने संकेत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु सर्वोच्च अदालतको निर्णयको पर्खाइमा रहेको बताएका छन् । उनले आवश्यक परे संसद् बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने बताए । तर, सर्वोच्चको निर्णय पर्खने उनको भनाइ छ ।

प्रचण्डले धेरै संविधान बनेको तर ती सबै संविधानभन्दा ०७२ को संविधान फरक रहेको बताए । उनले प्रतिनिधिसभा नभई संविधान नै विघटन गरिएको तर्क गरे । शुक्रबार विराटनगरमा नेकपाले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै दाहालले भने, ‘ती संविधान राजा–महाराजाको अधिकार भन्दै थोपरिएका थिए । तर, नयाँमा जनताको तर्फबाट जनतालाई अधिकार दिएर लागु गरिएको थियो । आँखाअगाडि प्रतिक्रियावादी एजेन्टले संविधान विघटन गरिदिए । यो लोकतन्त्रमाथि हमला भएको छ । यो जनताको अधिकारमाथिको हमला हो ।’



उखान–टुक्का भन्न संघर्ष शुरु नगरिएको बताउँदै दाहाले भने, ‘मुलुक गम्भीर संवैधानिक संकटमा परेको छ । केपी ओली प्रतिक्रान्तिको दलाल बने ।’ ओली खुरापाती भएको र कम्युनिस्ट पार्टीमा पसेर प्रतिक्रान्तिको चंगुलमा बसेको आरोप उनले लगाए ।

 

सम्बन्धित समाचार