नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ माघ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले केपी ओली रामायणको सकुनी भएर निस्केको बताएका छन्। नेकपा प्रदेश १ ले गरेको विरोधसभामा बोल्दै वरिष्ठ नेता खनालले केपी ओली १४ वर्ष जेल बस्दा मार्क्सवाद नपढी रामायण र महाभारत पढेको बताउँदै उनले महाभारतको शकुनी मात्रै पढेको बताए।
उनले केपी ओलीले पार्टी फुटाउन नसक्ने भन्दै नेकपा नफुटेको, पद र स्वार्थका लोभी पाखा लागेको बताए। उनले केपी ओलीले पुरानो एमाले बिउँझाउन खोजेको आरोप लगाए।
वरिष्ठ नेता खनालले केपी ओली झापा संघर्षका नेता मानिन्थे तर, त्यो गलत भएको बताए। उनले अबको यात्रा समाजवाद भन्ने तर, ३ वर्षसम्म समाजवाद बजेटउन्मुख बजेट नआएको र सुध्रन्छन् कि भनेर पर्खेको बताए।
उनले केपी ओली प्रतिक्रियावादीका एजेन्ट भएको आरोप लगाए। संसद पुनर्स्थापनाको माग गर्दै निस्केको जनआवाजलाई सुन्दै संविधान अनुसार सर्वोच्च अदालतले काम गर्नुपर्ने र निर्वाचन आयोगले कानुन बमोजिम निर्णय गर्नुपर्ने बताए।
