सरकारको विकास देखेर प्रचण्ड र माधव छट्पटिए : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले विकासको गति तीब्र गरेपछि प्रचण्ड-नेपाल समूहका नेता छट्पटछिएको आरोप लगाएका छन्। नेकपा चितवनले आयोजना गरेको जनसभामा सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले भने, ‘हामी सभा हल सिलन्यास गरिरहेका छौं। बाटो चौडा बनाउन सिलन्यास गरिरहेका छौं। उहाँहरु छटपटिरहनु भएको छ,’ ओलीले भने।

यहाँ बन्ने भवनका लागि आफूले बजेट दिएको बताउँदै प्रश्न गरे – अनि कुन केटाकेटीले सिलन्यास गर्ने ? उनले चितवनमा तीब्र गतिमा विकासको गतिविधिमा अगाडि बढिरहेको दावी गरे। आकर्षक पुल र सडक चौडा हुँदा ‘उहाँहरु छटपटिरहेको’ आरोप लगाए।



‘यही चुनाव जितेका सांसद राम आयोध्यापुरीमा राम जन्मेको भन्न किन सक्नुहुन्न ?,’ ओलीले प्रश्न सँगैं जवाफ दिए, ‘मयुरको प्वाँख लगाउँदैमा चरो त्यही रहन्छ। मयुर हुँदैन।’ राम जन्मभूमिको गुरुयोजना बनिरहेको पनि उनले बताए।

‘त्यसको मास्टर प्लान तयार हुँदैछ। रामको मन्दिर तयार भइसक्यो। सीताको बन्दैछ। लक्ष्मण र हनुमानको पनि बन्दैछ,’ ओलीले भने, ‘यसैपल्ट भ्याइँदैन अर्को राम जन्मष्ठमीमा प्राण प्रतिष्ठा गर्छौं।’ उनले अयोध्यापुरी अब विश्वका हिन्दुहरुको केन्द्र रहने बताए। संस्कर्तिविद, पुरातत्वविध र पर्यटककको गन्तव्य स्तथका रुपमा अयोध्यापुरी बन्ने दावी गरे।

‘यो भूमि असाधारण सम्भावना बोकेको भूमि हो। बृहत चितवन भ्याली तयार हुनेछ, दाउन्नेदेखि लिएर मकवानपुरको मनहरीभन्दा उतासम्म ४ हजार ७ सय ८८ वर्गकिलोमिटर भूमिको भ्याली हुनेछ,’ ओलीले भने। निकुञ्जदेखि कृषिसम्म सबै समेटेर विकास गर्ने उनले बताए।

‘मैले माडीलाई मणि बनाउँछु भनेको छु,’ ओलीले भने। चुनाव घोषणा गरिएकै मितिमा हुने दावी पनि उनले सभामा गरे। ‘अब कुनै गल्ती नगरिकन जनताको निम्ति काम गर्ने, देशको निम्ति काम गर्ने यस्ता व्यक्तिहरुलाई छानेर पठाउनुपर्छ,’ उनले भने, ‘नाभी अन्तै जोडिएकाहरुलाई हराउनुपर्छ। विकास प्रेमीलाई जिताउनुपर्छ। अहिले विकासको लहर आइरहेको छ।’

उनले नेकपा एक ठाउँमा भएको बताए। ‘अरु चोइटिएका हुन्। जसले राष्ट्रलाई शिरमा राखेर हिँडेको छ, जसले सुशासन र विकासलाई आदर्श बनाएर हिँडेको छ, जसले सुखी नेपाली र समृद्ध नेपाल बनाउन चाहेको छ त्यो पार्टी हो नेकपा,’ ओलीले भने।

उनले गत वर्षमात्र ९ सय किलोमिटरभन्दा धेरै सडक कालोपत्र बनाएको दावी गरे भने तीन वर्षमा ५ हजारभन्दा बढी किलोमिटर सडक पिच गरेको बताए। उनले नेपालीहरु खाडीमा जानेक्रम घटेको दावी पनि गरे। ‘यो सरकार आएदेखि त्यो क्रम घट्दै गएको’ उनको दावी थियो।

सम्बन्धित समाचार