नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ माघ ।

संवैधानिक परिषदले संवैधानिक निकायहरूमा गरेको विवादास्पद नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका छन्।
गत पुस ३० गते सरकारले परिषद् अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भए पनि त्यस बैठक बस्न मिल्ने र त्यसले गर्ने निर्णय संवैधानिक हुने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो।
त्यही दिन साँझ बसेको परिषदको बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएका थिए। बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले नियुक्ति सिफारिसबारे छलफल भए पनि कुनै निर्णय नभएको जनाएका थिए।




