राष्ट्रपतिलाई भेटे प्रधानमन्त्री ओलीले, के भयो कुराकानी ?

प्रधानमन्त्री केपी ओलीले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डालीलाई भेटेका छन् । संवैधानिक परिषद् सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर गरेको नियुक्तिबारे छलफलका लागि ओली शीतल निवास पुगेका थिए ।

मंसिर ३० गते अध्यादेशमार्फत ऐन संशोधन गरेपछि ओलीको अध्यक्षतामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सदस्य रहेको संवैधानिक परिषद्को बैठकले अख्तियार प्रमुखमा प्रेम राई र मानवअधिकार आयोगमा टोपबहादुर मगरसहित ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी सिफारिस गरेको थियो।



संयुक्त सदन कार्य सञ्चालन नियमावलीअुनसार संसदले प्रत्र प्राप्त भएको ४५ दिनभित्र कुनै निर्णय नगरेमा स्वतस् नियुक्ति हुन सक्ने प्रावधान छ।

आजै संवैधानिक परिषदले संवैधानिक निकायहरूमा गरेको विवादास्पद नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका थिए । यसबारेमा पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएको स्रोतले बतायो ।

सम्बन्धित समाचार