प्रचण्डविरूद्ध सर्वोच्चमा अपहेलना मुद्दा, भोलि पेशी

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध अदालतको अपहेलनाको मुद्दा दर्ता भएको छ। अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका हुन्। मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ। विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए।

प्रचण्डले सर्वोच्चमा मुद्दा परेका कारण धैयर्तापूर्वक बसेको बताएका थिए। प्रचण्डले भनेका थिए, ‘जरूरी पर्‍यो भने म आज विराटनगरबाट भन्दैछु। देशैले सुने हुन्छ, जरूरी पर्‍यो भने हामी संसदको बैठक बस्छौं र यस्ता अपराधीहरूलाई कारबाही गर्छौं। संविधानले हामीलाई संसदको बैठक बस्ने अधिकार दिएको छ। केपी ओलीलाई विघटनको अधिकार दिएको छैन।’



प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दामा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भैरहेको छ। अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरेको भन्दै अधिवक्ता हायुले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।

सर्वोच्चले यसअघि नै प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानालाई अदालतको अपहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन आदेश दिइसकेको छ।

सम्बन्धित समाचार