पत्रकार सम्मेलन नै गरेर सभामुख सापकोटाको विरोध गरे राष्ट्रियसभा अध्यक्षले

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्को पदाधिकारी नियुक्तिका लागि गरिएको सिफारिस फिर्ताबारे राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले असन्तुष्टि जनाएका छन्। तिम्सिनाले सोमबार पत्रकार सम्मेलन गरी सभामुखको निर्णयको विरोध गरेका हुन्। सभामुखको पत्रले राष्टिय सभाको गरिमामा समेत प्रहार गरेको उनले बताएका छन्।

नेपालका संविधान र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०७५ ले संसदीय समिति गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरेको उनले बताएका छन्।



संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा र प्रतिपक्षी दलको सभापति शेरबहादुर देउवा नगएपछि अध्यक्षसहित तीन सदस्यले संवैधानिक परिषद्को नियुक्ति गर्न सक्नेगरी अध्यादेश ल्याएको थियो। आइतबार त्यस सिफारित सभामुख सापकोटाले फिर्ता गरेका थिए।

सम्बन्धित समाचार