नेकपामा आफ्नो आधिकारिकता दाबीका लागि पत्र लिएर निर्वाचन आयोग पुगे प्रचण्ड-माधव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूह दल आधिकारिकताको दावीका लागि पत्रसिहत निर्वाचन आयोग पुगेको छ। आयोगमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपालका साथमा झलनाथ खनाल पनि आइपुगेका छन्।

त्यसैगरी नेताहरु देव गुरुङ, लिलामणी पोखरेल, भिम रावल, वेदुराम भुषाल, घनश्याम भुसाल, वर्षमान पुन पनि आयोग आइपुगेका छन्। सोमबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको केन्द्रीय समिति बैठकले दल दावी गर्ने निर्णय गरेको थियो। दल विभाजनलाई मान्यता नदिने छाँट देखाएपछि नेकपा प्रचण्ड माधव समूह दलबलसहित आयोग पुगेको हो।



निर्वाचन आयोगको निर्णय अन्तिम भएको उल्लेख गर्दै नेकपाका नेता लिलामणि पोखरेलले यसबारे आयोगमा थप छलफल हुने बताएका छन्। उनले भनेका छन्, ‘आधिकारिक हामी नै हौं नि। अब आधिकारिकता दाबी कानुनको दफा उल्लेख गरेर हुन्छ वा निर्वाचन आयोगले गरेको निर्णयलाई आधार मानेर हुन्छ त्यसबारेमा हामी छलफल गरिरहेका छौं। निर्वाचन आयोगले त ४ सय ४१ आधिकारिक भनेर निर्णय गरिसक्यो। त्यसैमा टेकेर ४ सय ४१ मा हामी बहुमत छौ भनेर देखाउने कुरा न हो।’

 

सम्बन्धित समाचार