जिन्दावाद र मुर्दावाद भन्दै सडकमा निस्किए प्रचण्ड (भिडियाेसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले विहीबारका लागि घोषणा गरेको आमहड्तालमा शीर्ष नेताहरु सडकमा उत्रिएका छन् । पार्टीले विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमाण्डर नै तोकेको छ । प्रचण्ड पनि सातदोवाटोमा नारा लगाउँदै सडकमा देखिएका छन् । त्यहाँको कमाण्ड देव गुरुङले गरिरहेका छन् ।

बागबजार रत्नपार्क क्षेत्रमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहितका नेताहरु खटिएका छन् । यही क्रममा कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो ।



प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका ७१ जनाभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।

सम्बन्धित समाचार