नेपाल बन्दको प्रतिकार गर्दै ओली समूह सडकमा

नेकपा प्रचण्ड-नेपाल समूहको नेपाल बन्दको विरोध गर्दै नेकपा ओली समूहका कार्यकर्ताहरू पनि सडकमा उत्रिएका छन् । राजधानीको प्रदर्शनी मार्ग, बालकुमारी सहित विभिन्न प्रदेशमा ओली पक्षका कार्यकर्ताहरूले आमहडतालको विरोध गरेका हुन् । उनीहरूले प्रचण्ड-नेपाल समूहविरुद्ध नाराबाजी गरेका छन् भने गरी खान देउ भन्दै नारा लगाएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्ड-माधव समूहले जनतालाइ दु:ख दिन नेपाल बन्द गरेको टिप्पणी गरेका थिए । यता गृह मन्त्रालयले समेत सरकारले आवश्यक सुरक्षा प्रदान गर्ने भन्दै निर्वाध रुपमा उद्योग कलकारखना तथा पसल सञ्चालन गर्न आग्रह गरेको थियो ।



यस्तै, भक्तपुरबाट कोटेश्वरसम्म महेश बस्नेतको नेतृत्वमा पनि बन्दको प्रतिकार गर्दै जुलुस आउन लागेको छ । दुबै समूह सडकमा आउँदा झडपको अवस्था आउनसक्नेमा प्रहरी शतर्क देखिएको छ ।

सम्बन्धित समाचार