झडपमा घाइते भएका पूर्वमन्त्री झासहित ४ जनालाई काठमाडौं ल्याइयो

धनुषामा प्रहरीसँगको झडपका क्रममा घाइते भएका पूर्वमन्त्री रामचन्द्र झासहित ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रचण्ड नेपाल पक्षको हड्तालका क्रममा प्रहरीसँग भएको झडपमा लाठीचार्जबाट झाको टाउकोमा गम्भीर चोट लागेको छ ।



यस्तै अन्य घाइते नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदिप साहलाई पनि उपचारका लागि काठमाडौं पठाइएको नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए ।

सम्बन्धित समाचार