संविधानमाथिको श्रृंखलाबद्ध उल्लंघन रोक्न अदालत गएँ : सभामुख सापकोटा

सभामुख अग्नि सापकोटाले संविधानको रक्षाका लागि आफू सर्वोच्च अदालत पुगेको प्रष्टिकरण दिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी उनले सरकार प्रमुखबाट संविधानमाथि श्रृंखलाबद्ध आक्रमण भएकाले संविधानको बचाउनका लागि आफू त्यसको अन्तिम व्याख्याता अदालतसामु पुगेको बताएका हुन् ।

संवैधानिक आयोगमा भएका पदाधिकारीहरुको नियुक्ति संसदीय सुनुवाइविनै हुन गैरसंवैधानिक रहेको उनको भनाइ छ । ‘संविधानको धारा २९२ ले संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति अनुमोदनका लागि संसदीय सुनुवाइ समितिको व्यवस्था गरेकाले उनीहरुको योग्यताबारे अनिवार्य सुनुवाइ हुनैपर्छ सुनवाइ विनाको नियुक्ति गैरसंवैधानिक हो,’ उनले भने ।



संविधानको पालना र संरक्षणको दायित्व बोकेको नेतृत्वबाटै संविधानको श्रृंखलाबद्ध उल्लंघन भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको उनले बताए ।

सम्बन्धित समाचार