नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।

गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिलाई लिएर आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुस्स्वप्न भएको टिप्पणी गरेका छन्।
पूर्व गृहमन्त्री समेत रहिसकेका रावलले ट्विट गर्दै गृहमन्त्री थापाको अभिव्यक्तिमाथि यस्तो टिप्पणी गरेका हुन्।
‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरुद्ध आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा थुने गृह मन्त्रीको भाषण प्रधानमन्त्री ओली निरंकशु पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुस्स्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ,’ रावलले लेखेका छन्, ‘निरंकुशता ढल्छ।’
