नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ माघ ।

काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश भूभागमा शनिबार हल्का देखि मध्यम खाले वर्षा भइरहेको छ । मौसम विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण मुलुकमा वर्षा तथा हिमपात भइरहेको छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा प्रदेश १ का अधिकांश भूभागमा पानी परिरहेको विभागले जनाएको हो । विभागका अनुसार, मौसममा आइतबार मात्रै सुधार देखिने सम्भावना रहेको छ ।
विभागले कतै मेघगर्जन तथा चट्याङ परिरहेको भन्दै यसबारे सचेत रहन सुझाव दिएको छ । विभागले अहिले परिरहेको पानीका कारण केही दिन चिसो बढ्ने भन्दै चिसोबाट बच्न उचित तरिका अपनाउन पनि सुझाव दिएको छ ।

