नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ माघ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्री केपी ओलीले ठूलो-ठूलो गफ गरेर कुनै अर्थ नहुने टिप्पणी गरेका छन् । उनले ओलीले संसद आमालाई नै मारिदिएको आरोप लगाएका छन् ।
मांशहारी आन्दोलन गर्नेलाई चिडियाखानामा थुन्ने भनेर गृहमन्त्री रामबहादुर थापाले दिएको चेतावनीलाई प्रति लक्षित गर्दै उनले भने–‘कामचलाउ प्रधानमन्त्री, कामचलाउ गृहमन्त्री दुईरचार दिनका पाहुना हुन् । सक्छन् भने प्रचण्डलाई थुनेर देखाउन् ।’
निरंकुशताको चरम नभईकन ओली प्रवृत्तिको अन्त्य नहुने उनको भनाई थियो । दिनप्रतिदिन ओलीको फरक फरक रुप देखिएको भन्दै उनीहरुको चुरीफुरी धेरै दिन नटिक्ने ज्ञवालीको भनाइ थियो ।
