अयोध्यापुरीका लागि तयार राम–सीताको मूर्ति बालुवाटार पुर्याइयो

प्रधानमन्त्री केपी ओलीको प्रतिवद्धताअनुसार चितवनको अयोध्यापुरीमा राख्नका लागि राम र सीताको पूर्णकदको मूर्ति तयार भएको छ। ओली नेतृत्वको नेकपाकी नेतृ एवं राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल ‘पार्वती’ले राम र सीताको मूर्ति तयार भइसकेको जानकारी दिइन्।

उनले शनिबार सो क्षेत्रका जनप्रतिनिधिसँग बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले राम र सीताको मूर्ति देखाएको बताइन्। ‘अयोध्यापुरी नेता तथा जनप्रतिनिधिहरु शुक्रबार प्रधानमन्त्रीसँग भेट गर्न गएका थियौँ। राम र सीताको मूर्ति बनिसकेर बालुवाटारमा आइसकेको रहेछ’ सांसद् रावलले भनिन्, ‘प्रधानमन्त्रीले हामीलाई मूर्ति देखाउनु भयो। राम र सीताको मूर्ति तयार भइसकेको रहेछ। उहाँले लक्ष्मण र हनुमानको मूर्ति पनि तयार हुने जानकारी गराउनु भएको छ।’



प्रधानमन्त्री निवास बालुवाटार राखिएको मूर्ति को कलकारले कति रकममा निर्माण गरेका हुन भन्नेबारेमा केही खुलाइएको छैन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केही समयमै यसबारे जानकारी दिने बताए।

प्रधानमन्त्री ओलीले माघ १७ गते चितनवमा आयोजित कार्यक्रममा पनि सो कुरा उठाएका थिए। सो क्षेत्रबाट निर्वाचित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विषय नउठाएको भन्दै आलोचना गरेका थिए।

सम्बन्धित समाचार