१२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या, प्रहरी नै संलग्न

भारतको बिहार राज्यमा पर्ने चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ। हत्यापछि उनको शव प्रहरीकै मिलेमतोमा जबर्जस्ती जलाइएको संकेत पाइएको बीबीसी हिन्दीले जनाएको छ।

बीबीसी हिन्दीका अनुसार प्रारम्भिक अनुसन्धान र भाइरल अडियोबाट घटनामा स्थानीय प्रहरी थानाकै थानाध्यक्षको मिलेमतो रहेको प्रमाण भेटिएको हो।



एसपी नवीनचन्द्र झाले बीबीसी हिन्दीसँग भनेका छन्, ‘जुन अडियो भाइरल भइरहेको छ, त्यसबाट स्पष्ट हुन्छ कि थानाध्यक्ष सञ्जीव कुमार रञ्जनको लापरबाही र कर्तव्यहीनता जिम्मेवार छ। उनलाई निलम्बन गरिएको छ र अनुसन्धानका क्रममा प्राप्त प्रमाणका आधारमा उनीविरुद्ध एफआरआई (उजुरी) दर्ता गरिएको छ।’

सम्बन्धित समाचार