नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ माघ ।

सरकारले निर्वाचन आयोगलाई सात अर्ब रूपैयाँ उपलब्ध गराउने सुनिश्चितता दिएको छ। अर्थमन्त्री विष्णु पौडेलले आज अर्थ मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई उक्त रकम उपलब्ध गराउने सुनिश्चितता भएको बताए।
निर्वाचन आयोगले निर्वाचनका लागि खर्च उपलब्ध गराइदिन आग्रह गरेको थियो। सरकारले वैशाख १७ र २७ मा निर्वाचन गर्ने बताएको छ। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए।
यस सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। आजै प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोग पुगेर निर्वाचनका लागि भएका तयारीका बारेमा जानकारी लिएका थिए ।
