नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ माघ ।

सत्तारुढ नेकपाका असन्तुष्ट पक्षले अहिले गरिरहेको शक्ति प्रदर्शनको सभामा नेतृ रामकुमारी झाँक्री मुखमा टेप टाँसेर बोल्न आएकी छिन्। बोल्नुअघि उनले मुखमा टाँसेको टेप निकालेर भनिन्- बोल्न पाइन्छ। हामीले ल्याएको लोकतन्त्रमा बोल्न पाइन्छ। हामी बोल्न जन्मिएका हौँ। कागजी बादशाहविरुद्ध बोल्नुपर्छ।
राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता बनिरहेको भन्दै झाँक्री उनीविरुद्ध निकै आक्रमक बनेकी थिइन्।
नेतृ झाँक्रीले एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा महिला अस्मिताको प्रश्न नआउने बताइन् । उनले अहङ्कारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्दा महिला अस्मिताको प्रश्न नआउने बताइन् । उनले सर्वोच्च अदालतले कानुनसम्मत, संविधानसम्मत फैसला गर्नेमा विश्वास व्यक्त गरिन् ।
अदालतप्रतिको विश्वास डगमगायो भने राज्यको शक्ति पृथकीकरणको सिद्धान्तको आधारमा बनेको संस्थाको औचित्य समाप्त हुने उनको भनाइ छ ।
