नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ माघ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले आगामी दुईवर्षपछि हुने चुनावमा केपी ओलीको जमानत जफत हुने बताएका छन् । काठमाडौंमा भएको सभालाई सम्बोधन गर्दै खनालले ओलीले चुनाव गराउँछु भन्नु ‘खुट्टी हेरेरै पत्याइयो’ भन्दै ब्यङ्ग्य गरेका छन् ।
‘मिस्टर केपी ओली तपाईंको खुट्टी देखेरै पत्यायौँ, दुईवर्षपछि चुनाव हुन्छ, त्यो चुनावमा केपी ओलीको जमानत जफत हुन्छ,’ उनले भने ।
उनले प्रचण्ड-नेपाललाई प्रधानमन्त्री बनाउन आफूहरूले आन्दोलन नगरेको उल्लेख गरे। लोकतन्त्र र स्थायित्वका लागि लडाइँ गरिरहेको खनालको भनाइ छ।
