न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

नुवाकोटको ककनी– २, सानुचित्रेमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । काउले वातावरण टिम नेपाल नामक संस्थाले सो कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष तिलक लामाले बताए । शान्तिदेवी प्रावि सानुचित्रेमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति जगदीश्वर नर्सिङ्ग केसीले न्यानो कपडा वितरण गरी कार्यक्रमको उदघाटन गरेका थिए ।

प्रमुख अतिथि केसीले कठ्याङ्ग्रिँदो चिसोमा साना विद्यार्थी भाइबहिनी तथा वृद्धवृद्धाहरूलाई न्यानो कपडा वितरण गरी सामाजिक भूमिका निर्वाह गरेकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा ५० विद्यार्थी र वृद्धवृद्धाहरूलाई ज्याकेट र सुइटर वितरण गरिएको थियो ।



उक्त कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेताहरू ऋषिकुमार तामाङ्ग, सागर तामाङ्ग, जन प्रतिनिधि ठाकुर घिमिरे, राजन न्यौपानेलगायतको पनि उपस्थिति थियो ।

सम्बन्धित समाचार