
डा.गोविन्द केसी फागुन १२ गतेदेखि अनसन बस्ने भएका छन् । विहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रतिनिधिसभा पुनःस्थापनासहित ३ बुँदे माग राख्दै १२ गतेदेखि अनसन बस्ने जानकारी दिए ।
त्यसअघि नै माग पूरा नभए अनसन बस्ने उनले बताए । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै हाल उनी नागरिक अगुवाहरुको साथ आन्दोलनमै छन् ।
डा। केसीले अवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरिनुपर्ने, अवैध रूपमा संवैधानिक निकायमा गरिएका नियुक्ति रद्द हुनुपर्ने र चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि भएका सम्झौता कार्यान्वयन गरिनुपर्ने माग राखेका छन् ।
