नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ माघ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री रामकुमारी झाँक्रीलाई रिहा भएकी छन् । महानगरीय अपराध महाशाखाले पशुपति पुरीको जिम्मा जमानीमा नेत्री झाँक्रीलाई रिहा गरेको हो । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै प्रहरीले विहीवार राज्य विरुद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई पक्राउ गरेको थियो । चौतर्फी विरोध हुन थालेपछि झाँक्रीलाई हतारमा रिहा गरिएको बुझिएको छ ।
नेत्री झाँक्रीमाथि प्रहरीले निगरानी गरेको समाचार प्रकाशित भएपछि बुधवार काठमाडौंमा आयोजित सभामा पनि झाक्रीले सार्वजनिक पदमा बसेको व्यक्तिको लिंग ९महिलारपुरुष० नहुने भन्दै विरोधमा बोल्न पाइने बताएकी थिइन् ।
झाँक्रीले बुधवारको सभामा भनेकी थिइन्, ‘कार्यकारी प्रधानमन्त्रीको एसिस्टेन जस्तै एउटा कोठामा बसेर निरंकुशताको साक्षीको पात्रको विरुद्ध बोल्न पाइन्छ । एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर रु एउटा अहंकारी सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । कुनै पदमा लिंग हुँदैन सार्वजनिक पदको हो ।’
त्यसअघि नेकपा ओली समूहको अखिल नेपाल महिला संघ ९अनेमसंघ० ले नेत्री झाँक्रीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र बुझाएको थियो । गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।
ज्ञापन पत्रमा राष्ट्रपति भण्डारीको चरित्र हत्या गर्दै नेत्री झाँक्रीले विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरू प्रयोग गरेकाले कानूनबमोजिम कारबाही गर्न माग गरिएको थियो ।
