नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ माघ ।

विवकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेकपा प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीप्रति राज्यले देखाएको व्यवहारप्रति आपत्ति जनाएका छन् ।
विहीबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष मिश्रले राजनीतिलाई सफा नगरेसम्म घटना बदलिने र प्रवृत्ति नबदलिने जनाएका छन् ।
उनले लेखेका छन्, ‘जब नेतृत्व गर्नेहरूले राजनीतिको स्तरलाई रसातलमा पुर्याउँछन्, न तिनको शब्दमा शिष्टता हुन्छ, न कर्ममा कानून हुन्छ । यो राजनीतिलाई सफा नगरेसम्म घटना बदलिन्छ, प्रवृत्ति बदलिँदैन । झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक छन् । उनलाई कानून लाग्छ कि लाग्दैन ?’
