देशभरको मौसम बद्ली, सोमबारदेखि गर्मी शुरु हुन्छः मौसमविद्

आज देशभरको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलकाअनुसार अझै एकरदुई दिन देशभरको मौसम बद्ली हुने सम्भावना छ ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने नरहेको उनले बताए । आउँदो आइतबारसम्म नै देशभर बद्ली हुने र सोमबारदेखि मौसम खुल्ने अनुमान गरिएको छ । सोमबारदेखि भने बिस्तारै गर्मी शुरु हुने मौसमविद् पौडेलले बताए ।



यस्तै, आज सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।

सम्बन्धित समाचार