‘पहिले गुण्डा मार्फत गराउने काम अहिले ओलीले प्रहरीमार्फत् गराउँछन्’

वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री ओलीले पहिले गण्डालाई गराउने काम अहिले प्रहरीमार्फत गराइरहेको आरोप लगाएका छन्। प्रजातान्त्रिक बिचार समाजको आयोजनामा शुक्रबार माइतिघर मण्डलामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध नागरिक खबरदारी कार्यक्रममा उनले यस्तो बताएका हुन्।

तीन करोड जनता लडेर ल्याएको प्रजातन्त्रमा बोल्न पाइने भन्दै उनले ओली आए देखि नै वाक स्वतन्त्रतामा प्रहार गर्न थालेको आरोप लगाए।



‘प्रहरीलाई नी अहिले ओली जीले हिजो गुण्डलाई गराउने काम अहिले प्रहरी मार्फत गराइरहनुभएको छ,’ उनले अगाडि भने, ‘मैले देखेको छु भोगेको छु। प्रहरीलाई दोष दिँदिन्। किन भने उनीहरुले जो मन्त्री आयो जो प्रधानमन्त्री आयो त्यसैको आदेश पालना गर्ने हुन्। शासकनै निरंकुश छ भने देखि प्रहरीले गर्ने विचरा ?’

उनले दोष प्रहरीको नभइ ‘तानाशाह ओली’को दोष भएको बताए। उनले ओली सुरु देखि नै निरंकुस तानाशाह बन्दै गएकोसमेत बताए।

सम्बन्धित समाचार