आज अर्को चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा छ । उक्त समूहले आज अर्को चरणको संघर्षका कार्यक्रम घोषणा गर्दै छ ।

केन्द्रीय संघर्ष समितिले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत कार्यक्रम घोषणा गर्न लागेको हो ।



दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा अर्को चरणको कार्यक्रम घोषणा हुने कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार