निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने तयारी, छलफल गर्न आयोगले बोलायो दलहरुलाई

निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिए ।

छलफलका लागि आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ । दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ ।



सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ ।

सम्बन्धित समाचार