भागरथीअघि नै जहाँ ५ जनाको हत्या भएको थियो

भागरथी भट्ट हत्या भएकै बैतडीको दोगडाकेदारअन्तर्गत पर्ने साविकको देउलेक गाविसमा यसअघि नै ५ जनाको हत्या भएको पाइएको छ । तर सो घटनामा अनुसन्धान नै नभएको पाइएको छ ।

गुपचुप राख्ने गरिएकैले अपराधका घटनाले निरन्तरता पाउँदा भागरथीको हत्या भएको त होइन भन्ने टिकाटिप्पणी पनि हुन थालेको छ ।



डोगडाकेदार ७ का जयसिंह कार्की ०७४ भदौ १५ गते मृत भेटिए भने खुरा कार्कीको ६५ सालमा हत्या भयो । यस्तै ०६५ मा गगन सिंह कार्कीको हत्या भयो । यी ३ जनाको हत्याअघि पनि एक जना भट्ट थरका पुरुष र अर्का एक जनाको हत्या भएको स्थानीय बासिन्दा बताउँछन् ।

सम्बन्धित समाचार