नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ फागुन ।

पुरुषले महिलामाथि बलात्कार गरेका घटना हिनहुँजसो आइरहेका बेला झापामा शनिबार एक अनौठो घटना सार्वजनिक भएको छ । झापामा एउटा अच्चमको घटना सार्वजनिक भएको छ । कनकाई नगरपालिकामा दुई पुरुषले मिलेर अर्का पुरुषलाई बलात्कार गरि घाइते बनाएका छन् । कनकाई नगरपालिका ७ बिरिङ नदीको लुकुनी खाडीमा ती दुई पुरुषले जबरजस्ती करणी गरि अर्का एक पुरुष घाइते बनाएको प्रहरीले जनाएको छ ।
गत शनिबार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका ६ का १९ वर्षीय पारस तामाङ र कनकाई ७ का २१ वर्षीय विनोद टुडुले कनकाई ७ का ३० वर्षीय एक युवकलाई खोला किनारामा बलात्कार गरि सख्त घाइते बनाएको प्रहरीले जनाएको छ ।
घाइते युवकको हाल बिर्तामोडस्थित बिर्तासिटी हस्पतालमा उपचार भैइरहेको तथा बलात्कारमा संलग्न दुवैलाई पक्राउ गरि अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले जनाएको छ ।
