नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ फागुन ।

ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल सोमबारदेखि १५ वर्षमा प्रवेश गरेको छ । २०६२ साल फागुन ३ गतेदेखि अल्का अस्पताल संचालनमा आएको हो । ‘बिरामीहरूको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगनसहित कुमार थापाले अल्का अस्पताल संचालन गर्नुभएको हो । स्वास्थ्य मन्त्रालयले १४ वर्षअघि अल्का अस्पताललाई संचालनका लागि अनुमति दिएको थियो । अल्का अस्पतालमा सय शैया छन् ।
‘मलाई हिजो जस्तो लाग्छ अस्पताल संचालनमा ल्याएको, १४ वर्ष वितिसकेछ’ अस्पतालका संचालक तथा अध्यक्ष कुमार थापाले भने– ‘यहाँसम्म आइपुग्न हामीलाई सेवाग्राही, अस्पतालका चिकित्सक र कर्मचारीहरुको ठूलो योगदान रहेको छ ।’
अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठले सेवाग्र्राहीहरूलाई सहज र सरल रुपमा उपचार दिन अल्का अस्पताल सवल र सक्षम रहेको बताइन् भने सिओओ दीपेन्द्र पोखरेलले विरामीको उपचारमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता ब्यक्त गरे ।
कोरोना महामारीका बेला अल्का अस्पतालले अग्रपंक्तिमा खटेर विरामीहरुको सेवामा जुटेको थियो । नयाँ नयाँ प्रविधि भित्र्याएर विरामीलाई सेवा दिदैँ आइरहेको अल्का अस्पतालमा सुविधा सम्पन्न एनआइसियु कक्ष रहेको छ । यसका साथै टेष्ट ट्यु्व बेबी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग, तथा यसका सम्पूर्ण परीक्षण पनि अस्पतालमा हुदैँ आएको छ ।
नशा सम्बन्धी, बाथ रोग सम्बन्धी, यौन तथा छालारोग सम्बन्धी, ग्यास्ट्रोलोजि, रेडियोलोजी, आखाँ, नाक, कान घाँटी, दाँत रोग, युरोलोजिष्ट,कलेजोरोग, एनेस्थेसिया विशेषज्ञहरूबाट अस्पतालले विरामीहरुलाई सेवा दिंदै आइरहेको छ ।
