आविष्कार केन्द्रभित्र महावीर पुन र इन्जिनियरबीच कुस्ती (भिडियो)

राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन र केन्द्रमा कार्यरत इन्जिनियर संजयबहादुर सिंहबीच कुस्ती परेको छ । आविष्कार केन्द्रमा भएको कुस्तीमा पुनले युवा इन्जिनियर सिंहलाई नराम्ररी पछारेका छन् । कुस्तीको भिडियो सार्वजनिक गर्दै महावीर पुनले आफूहरुबीचको कुस्ती अमेरिकाको भन्दा कम नभएको बताएका छन् ।

उनले आफू २५ वर्षे युवाहरुसँग बारम्बार कुस्ती खेल्ने गरेको बताउँछन् । अरु युवाहरु हारे पनि सञ्जय भने उनीसँग बारम्बार निहुँ खोज्न आइरहने उनको भनाई छ ।



राष्ट्रिय आविष्कार केन्द्रमा विभिन्न प्राविधिक सामग्रीको अनुसन्धान र अन्वेषणमा लागेका महावीर पुन र उनको टीम बेलाबेला यस्ता रमाइला क्रियाकलाप गरिहन्छन् । भिडियो सहित उनि लेख्छन (लु हर्नुहोस्, विश्व प्रसिद्ध कुस्ती, अमेरिकाने कुस्ती भन्दा कम छैन । राष्ट्रिय आविष्कार केन्द्रमा मनोरंजनको लागि खेलिएको म र ईन्जिनियर संजयबहादुर सिंहको कुस्ती । अनुसन्धानको साथै बेला बेलामा यस्तो कुस्ती २५ वर्षेहरुसंग खेल्छु। अरु त सबै हारी सके तर संजय भाई भने अझै निउ खोज्छ ।

महावीर र सञ्जयबहादुरको कुस्तीः–

 

 

सम्बन्धित समाचार