नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ फागुन ।

काठमाडौंमा बुधबार अपरान्ह वर्षा भएको छ। पश्चिमी वायुको प्रभावले हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
‘काठमाडौंमा हल्का वर्षा भएको छ। हिमाली भेगमा हिमपात र पहाडी क्षेत्रमा फाट्टफुट्ट वर्षा हुने र तराईमा बादल लाग्ने संभावना छ,’ मौसमविद् गंगा नगरकोटीले भनिन्।
उनकाअनुसार फाट्टफुट्ट वर्षा र मेघ गर्जन शुक्रबारसम्म हुने सम्भावना छ। शुक्रबारदेखि पश्चिमी वायु कमजोर हुने र मौसम सफा हुने उनले बताइन्।
