कुखुराबाट मानिसमा सर्‍यो बर्डफ्लु !

कुखुरामा देखिएको बर्ड फ्लु पहिलोपटक मानिसमा सरेको घटना सार्वजनिक भएको छ। रसियामा पहिलोपटक बर्डफ्लु मानिसमा सरेको भेटिएको बिबिसिले जनाएको हो।

गत डिसेम्बरमा रसियाको एक कुखुरा पोल्ट्री फार्ममा काम गर्ने सात जना कामदारमा बर्ड फ्लु पुष्टि भएको उपभोक्तको स्वास्थ्य हितमा काम गर्ने अन्न पोपोभालाई उद्धृत गर्दै बिबिसिले उल्लेख गरेको छ।



उसो ती सातै जना मानिस अहिले निको हुने क्रममा रहेको उनले बताएकी छिन्। पोपोभाले मानिसबाट मानिसमा उक्त बर्ड फ्लु सर्ने सम्भावना भने नदेखिएको बताएकी छिन्। उनले उक्त घटनाको रिपोर्ट विश्व स्वास्थ्य संगठनलाई गराईसकेको जनाइन्।

सम्बन्धित समाचार