नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ फागुन ।
सुनको मूल्य तोलामा ८ सय रूपैयाँ बढेको छ। आज छापावाल सुन प्रतितोला प्रतितोला ८ सयले बढेर ८९ हजार रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
शुक्रबार ८८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन पनि सोही दरमा बढेर प्रतितोला ८८ हजार ५ सय ५० रूपैयाँ पुगेको छ।
चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँ बढेर १ हजार ३ सय ३० रूपैयाँ पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।