मुक्तिनाथ बैंकको ‘आक्स मुक्ति भाइ’ भर्चुअल सहयाता सेवा

मुक्तिनाथ विकास बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरूको सुविधाको लागि ‘आक्स मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहायता सेवा आफ्नो वेबसाइटमार्फत् सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

ग्राहकहरुले यस भर्चुअल सहायता सेवामार्फत् छिटो, छरितो र सहज रूपमा बैंकका प्रोडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञासाहरूको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् । यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले चौबीसै घण्टा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्समा आधारित यो च्याटवोट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्धतिबाट सञ्चालनमा ल्याइएको छ ।



यस सेवाको लागि बैंकको वेबसाइट ( www.muktinathbank.com.np ) मा गएर दायाँतर्फ ‘आक्स मुक्ति भाइ’ वा बैंकको मासकट ‘मुक्ति भाइ’ क्लिक गरेर छनोट या टाइप गरी सेवा प्राप्त गर्न सकिने छ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भीजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना अतिरिक्त शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको पनि बैंकले जनाएको छ ।

सम्बन्धित समाचार