नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ फागुन ।
आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँ महंगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार १ सय र तेजाबी सुन ८९ हजार ६ सय ५० रुपैयाँ पुगेको हो।
सोमबार छापावाल सुन ८९ हजार र तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी पनि प्रतितोला २५ रुपैयाँ महंगो भएर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।