कोरोनाका विरामीले ब्राजिलमा अस्पताल भरियो, थप विरामीलाई भर्ना गर्न नसकिने स्वास्थ्य संस्थाहरुको चेतावनी

ब्राजिलमा कोरोना भाइरसका विरामीको संख्या अत्यधिक भएपछि अस्पतालले धान्न नसक्ने भएको छ । ब्राजिलका ठूला शहरहरुमा रहेका अस्पतालहरु विरामीले भरिभराउ भएपछि थप विरामीलाई भर्ना गर्न नसकिने चेतावनी स्वास्थ्य संस्थाहरुले दिएका छन् ।

ब्राजिलका २७ वटा राज्यका अस्पताल मध्ये २५ वटा राज्य लागि अस्पतालका ८० प्रतिशत सघन उपचार कक्षहरु विरामीले भरिएका छन् ।



ब्राजिलमा पछिल्लो समय कोरोना भाइरसको बढी संक्रामक भेरियन्ट भेटिएकाले गम्भीर विरामीको संख्या पनि बढेको छ । ब्राजिलमा पछिल्लो २४ घन्टामा मात्रै ८० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

लगातार रुपमा संक्रमितको संख्या बढेकाले अस्पतालले विरामीलाई धान्नै नसक्ने अवस्थामा पुगेको हो । ब्राजिलमा हालसम्म १ करोड १२ लाख भन्दा बढी संक्रमितको संख्या पुगिसकेको छ भने संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि २ लाख ७० हजार नाघेको छ ।

सम्बन्धित समाचार