२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

किन लिंदैछिन् सेलेना गोमेजले संगीतबाट सन्यास ?

अमेरिकी चर्चित गायिका तथा अभिनेत्री सेलेना गोमेजले आफूले संगीतबाट सन्यास लिने सोच बनाएको बताएकी छिन्। भोग म्यागेजिनसँगको अन्तर्वार्ताका क्रममा गोमेजले यस्तो बताएकी हुन्। अप्रिल महिनाको भोग कभर फोटोको लागि गोमेज छनौट भएकी छिन्।

उनले उक्त म्यागेजिनसँग भनेकी छिन्,‘जब मानिसहरुले तपाइँलाई गम्भीर रुपमा लिँदैनन् तब संगीत गर्न गाह्रो हुन्छ। मेरा जीवनमा त्यस्ता धेरै क्षण आएका छन् जतिबेला मैले संगीत किन गरिरहेको छु, के कारणले गरिरहेको छु भन्ने आफ्नै प्रश्नको सामना गरेको छु।’



उनले आफूले गाएकोमध्ये सबैभन्दा मनपर्ने गीत ‘लुज यु टु लभ मि’ भएको पनि बताएकी छिन्। यस गीतका प्रशंसक धेरै छन्। तथापी धेरैले यो गीत राम्रो नभएको पनि बताइरहेका छन्।

गोमेज भन्छिन्,‘मैले निकाल्ने अर्को एल्बम फरक हुनेछ। मैले संगीतबाट सन्यास लिन अगाडि अन्तिम प्रयास गर्न चाहन्छु।’ गोमेज क्यानडाका चर्चित गायक जस्टिन बिबरसँगको प्रेम सम्बन्धको कारण थप चर्चामा आएकी थिइन् ।

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.