नेपालमा पहिलोपटक गरियो ११ महिने बच्चाको कलेजो प्रत्यारोपण

नेपालमा पहिलोपटक १ वर्ष भन्दा मुनिको वच्चाको सफल कलेजो प्रत्यारोपण गरिएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शनिबार राति ११ महिने शिशुको सफल कलेजो प्रत्यारोपण गरिएको हो । चिकित्सकहरुले ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं कलेजो प्रत्यारोपण हो । शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा। डा। रमेश सिंह भण्डारीका अनसार प्रत्यारोपणका लागि ती बालकलाई उनका ३५ वर्षका बाबुले कलेजो दान गरेका थिए ।



उनले काभ्रे घर भएका ति बालकको डेढ महिनादेखि प्रत्यारोपणको लागि तयारी गरिएको बताए । डा भण्डारीकै नेतृत्वमा २०७६ जेठमा शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु भएको थियो ।

सम्बन्धित समाचार