फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो लिटरको ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो।

निगमले जारी गरेको सूचना अनुसार इण्डियन आयल कर्पोरेशनले वृद्धि गरेर पठाएको मूल्य अनुसार वृद्धि गरिएको निगमले जानकारी दिएको छ।



नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु ११८ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर रु १०१ कायम भएको छ ।

सम्बन्धित समाचार