विपक्षी दलहरुबीच मोर्चाबन्दीकाे तयारी भएपछि ओलीले बोलाए संसदीय दलको बैठक

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक डाकेका छन् । विहीबार ११ बजे बस्ने गरी संदीय दलको बैठक डाकिएको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । पछिल्लो विकसित घटनाक्रमपछि ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।



सरकारविरुद्ध विपक्षी दलहरुबीच मोर्चाबन्दीको तयारी हुँदै गर्दा ओलीले संसदीय दलको बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

सम्बन्धित समाचार